मंसिर, २६ । रेफ्रीमाथि मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित भएका छन् । टर्कीमा एक क्लबका अध्यक्षले रेफ्रीमाथि मुक्का प्रहार गरेका थिए ।
सोमबार शीर्ष श्रेणी अन्तर्गत एमकेई अन्कारगुकु र काएकुर रिजेस्पोरबीच भएको खेलमा एमकेई अन्कारगुकुका अध्यक्ष फारुक कोकाले मैदान प्रवेश गर्दै रेफ्री हालिल उमुत मेलरलाई मुक्का प्रहार गरेका हुन् । यो घटनापछि लिगका सबै खेल तत्कालको लागि स्थगित गरिएको टर्की फुटबल संघका अध्यक्ष मेहमेत बुयुकेक्सीले बताएका छन् ।
मुक्का प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढलेका थिए । अहिले उनी घाइते छन् । ९७औं मिनेटमा काएकुरले बराबरी गोल गरेपछि कोका मैदान प्रवेश गरेका थिए र रेफ्री विरुद्ध उत्रिएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com