पुष, १ । लिबियाको तटमा डुबेर ६० जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन आईओएमले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घीय निकायले घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै “एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए” भनेको छ।
उसले उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६१ जना आप्रवासी बेपत्ता भएको तथा सम्भवतः उनीहरूको ज्यान गएको हुनसक्ने अनुमान गरेको छ।
भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको लागि लिबिया मुख्य प्रस्थानबिन्दु हो बीबीसीमा उल्लेख छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com