पुस ४ । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरूको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो।
समिति सभापति पशुपतिशमशेर राणाले गत मङ्सिर २४ गतेदेखि सुनुवाइ भएका उनीहरू सर्वसम्मतिले अनुमोदन भएको जानकारी दिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com