पुष, २० । आइसिसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। आगामी १९ जनावरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा हुँदैछ । सोही प्रतियोगिताको देव खनालले नेपाली टिमको कप्तानी गर्नेछन्। कप्तान देव खनालसहित, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द टीममा रहेका छन् ।
नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ। त्यसअघि नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ। वाम अपअघि नेपाली टिम अभ्यासको लागि दक्षिण अफ्रिकी पुग्नेछ। यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com