माघ २६ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एक महिने लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सकिएको छ । गाउँपालिकाको आयोजनामा उक्त तयारी कक्षाको शुक्रबार समापन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता भोजराज कार्कीका अनुसार कक्षामा सहभागीलाई माग अनुसार आयोग तयारीका लागि आवश्यक पुस्तक समेत वितरण गरिएको छ । दक्ष जनशक्ति निर्माण गर्ने उदेश्य सहित पालिकाले सञ्चालन गरेको तयारी कक्षा अति नै प्रभावजारी बनेको सहभागी रेनुकला राईले बताउनुभयो । एक महिना धेरै ज्ञानका कुरा मात्र नभई पढ्ने तरिका समेत सिक्न पाएको भन्दै उहाँले यसलाई आधार बनाएर अध्ययन गरेको खण्डमा सफल हुने हिम्मत रहेको बताउनुभयो ।
निजामती सेवा तथा लोक सेवा आयोगको तयारीका बारेमा वृहत् जानकारी पाएको अर्का सहभागी सविता खत्रीले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले गाउँपालिकाले भौतिक विकास सङ्गै सामाजिक विकासलाइ सङ्गसङ्गै अघि बढाएको बताउनुभयो । युवाहरूलाई लगनशील भएर अध्ययन गरि निजामती र स्थायी शिक्षक बन्न शुभकामना दिदै उपाध्यक्ष राईले मेहनतले मानिसलाई सफल बनाउने बताउनुभयो ।
समापन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राई र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले एक महिने तालिममा सिकेको कुरालाइ व्यवहारमा प्रयोग गर्दै मेहनत गरि सफल हुने शुभकामना दिनुभयो । तालिममा ८६ जनाको सहभागिता थियो । विहान र बेलुका गरि दुई चरणमा सञ्चालन गरिएको कक्षाको सहजीकरण पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङ सहितले गर्नुभएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com