माघ, २९। जनयुद्ध दिवसको अवसरमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष राजु लामाको अध्यक्षतामा आज बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा फागुन १ गते अर्थात जनयुद्ध दिवसका अवसरमा बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले एक सूचना जारी गर्दै गाउँपालिकामा भोली सार्वजनिक दिएको जानकारी दिनुभयो । जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मानको लागि गाउँपालिकाले बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।
यसअघि दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिँदै आएको थियो । जनयुद्ध दिवसुको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले भने बदर गरिदिएको छ । सर्वोच्च अदालतले नेपाल सरकारको निर्णय विरुद्ध परमादेश जारी गरेपनि अहिले विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरिरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com