फागुन, १८ । टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई हराएको छ । घरेलु टोली नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको हो। शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गर्दै सिरिजमा आफ्नो पहिलो जित निकालेको हो।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो। नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७७ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरको पाचौँ बलमा करण केसीले रुवेन ट्रम्पलम्यानललाई १४ रनमा आउट गराएपछि नेपालले रोमाञ्चक जित निकालेको हो। यो जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जिवितै छ। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो। अब नेपालले शनिबार यो सिरिजको अन्तिम खेल नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमै खेल्नेछ।
नामिवियाविरुद्धको पहिलो खेलमा २० रनले पराजित भएको थियो। सिरिजमो दोस्रो खेलमा नेदरल्याण्डससाग २ रनले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com