थुलुङ दुधकोशी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथों अधिवेशन सम्पन्न
White Khabarप्रकाशित मिति: २०८० फागुन १८, शुक्रबार (१ साल अघि)
१४१५ पाठक संख्या
फागुन, १८ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथों अधिवेशन सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा उक्त अधिवेशन सम्पन्न भएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
अधिवेशनमा यस अघि कार्यपालिकाले गरेका निर्णयहरु अनुमोदन गरेको छ । गाउँपालिकामा हरेक महिना कार्यपालिका बैठक बस्ने गरेको छ ।उक्त बैठकले गरेका निर्णयहरु गाउँसभाबाट अनुमोन गर्ने गरिन्छ । गाउँपालिका अध्यक्ष असिम राईले कार्यसूची अनुसार अधिवेशन सन्चालन गरी सम्पन्न गर्नुभएको थियो ।