फागुन, २३ । नयाँ प्रविधिसहित काठमाण्डौका कुनै पनि ठाउँमा घटना घटेको छोटो समयमै पुग्ने गरि प्रहरीले क्वीक रेस्पोन्स टिम बनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै काठमाण्डौ उपत्यकामा ६० वटा मोटर साइकलसहित क्वीक रेस्पोन्स टिम खटाइएको जनाएको हो ।
अब काठमाडौँमा साइरन जडित मोटरसाइकलमा सवार प्रहरीहरु ठाउँ ठाउँमा बस्नेछन् भने एक सय २० जना प्रहरी काठमाडौँका चोक चोकमा खटिनेछन् । । कुनै विपत्ति वा दुर्घटनामा परेर तपाईले इमरर्जेन्सी कल १०० मा फोन गर्नु भयो भने ती प्रहरी तत्काल घटनास्थलमा आइपुग्नेछन् । यस अघि तपाईले प्रहरीलाई खबर गरेपछि तपाई दिएको ठेगानाका आधारमा फोन सम्पर्क गर्दै आइपुग्थ्यो । राम्रो कम्युनिकेशन हुन नसक्दा बाटो भूलेर प्रहरीलाई घटनास्थल पत्ता लगाउनै समय लाग्थ्यो । तर अबदेखि प्रहरीको यो टिमले जिपिएस जडित फोन सेट बोकेको हुन्छ र तपाइले फोन गरेको लोकेशन ट्रयाक गरेर प्रहरी दुई चार मिनेट मै घटनास्थल पुग्नेछ । र प्रहरीले आफ्नो काम गर्नेछ । यस्तो टिमलाई प्रहरीले क्वीक रेस्पोन्स टिम नाम दिएको छ ।
६० वटा मोटरसाइकलहरु काठमाडौँका विभिन्न चोकहरुमा २४ सै घण्टा पूर्ण तयारी अवस्थामा रहनेछन् । ड्युटीमा रहेका सबै प्रहरीहरुले गोब्रो क्यामेरा भिरेका हुन्छन् । ती क्यामेराहरुले कैद गरेका भिडियोहरु लाइभ टेकु प्रहरी परिसरमा मोनीटरमा हेर्न सकिन्छ ताकी घटनास्थलमा ठ्याक्कै के भइरहरहेको छ ? र कार्यालयमा रहेकाहरुले त्यसको अवलोकन गरि निर्णय लिन सकोस । यस्ता क्यामेराहरुबाट प्रमाण पनि मजबुद हुने एआईजी दिपक थापाले बताउनुभयो ।
परिसरका एसएसपी भूपेन्द्र खत्रीले यो कार्यक्रमले काठमाडौँ उपत्यका भित्र बढ्दै गएको अपराध न्युनिकरणमा निक्कै सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सुरक्षा संयन्त्रलाई प्रविधि मैत्री बनाउने र चुस्त सुरक्षा निति अपनाउन त्तच्त् कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।
प्रहरीले काठमाडौँमा बढ्दो जनघनत्व, अव्यवस्थित सवारी चाप, साँघुरा सडकका कारण मोटरसाइकलमा क्वीक रेस्पोन्स टिम परिचालन गर्दा छिटो परिणाम आउने अपेक्षा गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com