फागुन, २७ । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनमा ४११ भोट पाएर जरदारी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी महमुद खान अचकजईले १८१ भोट पाएका थिए । शनिबारको राष्ट्रपति निर्वाचनमा विधानसभा र सिनेटका १ हजार ४४ सदस्यले भोट हालेका थिए ।
उनले आज आइतबार अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम छ । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् ।
६८ वर्षीय जरदारी पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष हुन् । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com