चैत, १ । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सयले बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय पुगेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो।
त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार चार सय थियो।
चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। गएको आइतबार नेपाली बजारमा छापावाल सुन १ लाख २६ हजारमा कारोबार भएको थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com