चैत, २ । काठमाण्डौको बौद्धमा ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरु भएको छ । बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा सुरु भएको प्रतियोगिताको प्रतियोगिताको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले गरे । पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा २६ जना पुरुष र १५ जना महिलाको सहभागिता रहेको छ ।
पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले यस्तो किसिमको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताए । सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले ‘स्वर्गीय बाबु छिरी शेर्पा’ विश्व कीर्तिमानी आरोही भएको र उनको योगदान स्मरणीय रहेको बताउँदै ‘प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गरिने जानकारी दिइन् ।
यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस प्रदान गरेको छ । प्रयोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमस नगद पुरस्कार पचास हजार, तीस हजार र पन्ध्र हजार प्रदान गरिने छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com