चैत, ६ । सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदीमा बेलिब्रिज निर्माण सुरु भएको छ । सोमबार दुधकोशी पारीका सोताङ गाउँपालिका तथा महाकुलुङ गाउँपालिका अध्यक्षले निर्माण हुने बेलिब्रिजको शिलन्यास गरेका छन् ।
थुलुङ दुधकोशी गाउँपालिका ८ र सोताङ गाउँपालिका १ को सिमाना दिप्लीमा गत भदौ ८ गते बाढिले बेलिब्रिज बगाएको थियो । अर्काे बर्खा लाग्नु अघि नै पुल निर्माण गर्ने हेतुले सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले पहलकदमी लिइरहेका थिए ।
अन्तत सडक डिभिजन कार्यालय लाहानले झण्डै चार करोड बराबरको बेलिब्रिजका सामग्रीहरु उपलब्ध गराए पछि दिप्लीघाटमा पुल निर्माण सुरु भएको हो । बेलिब्रिज जडानका लागि अरु करिव तीन करोड रुपैया खर्च हुने सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले जानकारी दिएका छन् । सो बजेट सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका र हुँगा खोलामा निर्माणधिन एपेक्स जलविद्युत आयोजना तथा गौरिशंकर जलविद्युत आयोजनाबाट लगानी गरिने छ । बर्षात अघि नै बेलिब्रिज जडान गरिसक्नु पर्ने भएकाले दु्रत गतिमा काम अघि बढाइएको अध्यषले बस्नेतले बताएका छन् ।
बेलिज्रिज जडान कार्यमा लामो समय नेपाली सेनामा रही काम गरि निबृत्त भएका क्याप्टेन लोकबहादुर सिलवाललाई पुल जडानको जिम्मा दिइएको छ । बेलिब्रिजका आवश्यक सामग्रीहरु दिप्लीघाट पुर्याइसकीएको छ । अब पिलर लगायत आवश्यक पूर्वाधार निर्माण गरि पुल जडान गरिने अध्यक्ष बस्नेतले बताएका छन् ।
हाल हिउँदको समयमा दिप्लीघाटमा ह्युम पाइम राखी अस्थायी रुपमा सवारी आवतजावत गराइँदै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com