चैत, १२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ४ को भवन चालु आर्थिक वर्षभित्रै बन्ने भएको छ । आगामी असारसम्म बनाईसक्नेगरि आज नगरपालिकाले नानुमा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिसंग ठेक्का सम्झौता गरेको नगरप्रमुख बिमला राईले जानकारी दिनुभयो ।
राईले भन्नुभयो, ‘नागरिकको सेवालाई थप प्रभावकारी बनाउन हलेसि तुवाचुङ नगरपालिका ४ बडहरेमा वडा कार्यालय भवन निर्माणका लागि नानुमा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिसंग सम्झौता भएको छ। बिश्वास छ काम गुणस्तरीय हुनेछ। विशेषगरी जग्गा दाताहरुप्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
मुल्य अभिबृद्धि करबाहेक ६८ लाख ९४ हजारमा ठेक्का सम्झौता भएको वडाको भवन बडहरेमा बन्नेछ । चालु आर्थिक वर्षको बजेटबाट नगरपालिकाले वडा नम्बर ४ सहित अरु तीन वटा वडाहरुको पनि वडा कार्यालय भवन बनाउँदै छ । ती भवनहरुको भने ठेक्का सम्झौता भई काम धमाधम भईरहेको प्रमुख राईले जानकारी दिनुभयो ।
अहिले १० नम्बर वडाको अर्खोलेमा, ११ नम्बर वडाको राजापानीमा र ६ नम्बर वडाको मंगलटारमा वडा कार्यालयको भवन बनिरहेको छ । यी चारवटै वडाको भवन निर्माण कार्य सम्पन्न गर्नेगरि ठेक्केदार कम्पनीलाई निर्देशन दिइएको र सोही बमोजिम काम भईरहेकाले आगामी असार मसान्तसम्ममा बनिसक्ने नगरप्रमुख राईको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com