राधा ढुंगाना
चैत, १५ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले बनाउँदै गरेको फोहोरमैला स्रोत केन्द्र निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । हाल ९० प्रतिशत भन्दा धेरै काम सकिएकाले तोकिएको मिति भन्दा अगावै निर्माण सम्पन्न हुने नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङले जानकारी दिनुभयो ।
गएको माघ ९ मा आरपी कन्स्ट्रक्सन र नगरपालिकाबीच झण्डै ५० लाख रकममा फोहोरमैला स्रोत केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । चालु आर्थिक वर्षको अन्तिमसम्म सक्नेगरि ठेक्का सम्झौता गरिएको हो ।
तर, फोहोरमैला स्रोत केन्द्रमा अब तारबारको मात्रै काम बाँकी रहेकाले यही चैत महिनाभित्रै सवै निर्माण सकिने नगरपालिकाले जनाएको छ । ठेक्केदार कम्पनीले तिब्र गतिमा निर्माण कार्य गरेकाले तोकिएको समयअगावै काम सम्पन्न भई फोहोरमैला व्यवस्थापन हुने आयोजना अनुगमनमा पुग्नुभएका उपमेयर तामाङ बताउनुहुन्छ ।
फोहोर व्यवस्थापन चुनौती बनिरहेको अबस्थामा नगरपालिकामै फोहोरमैला स्रोत केन्द्रनिर्माण भएकाले अब नगरबासीले फोहोरमैलाको समस्या झेल्नु नपर्ने मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । नगरपालिकामा छुट्टै फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या हुँदै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com