चैत, १६ । आयरल्यान्ड वुल्भ्ससँगको टी–२० सिरिजको पहिलो खेलमा नेपाल एु टोली पराजित भएको छ। आयरल्यान्डले दिएको २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २१ रनले पराजित भएको हो । नेपाल १९.३ ओभरमा २ सय १ रन बनाउँदा अलआउट भयो।
चौथो विकेटका लागि ओपनर लोकेश बम र आरिफ शेखले १ सय २१ रनको शतकीय साझेदारी गरेपछि नेपालले जितको आधार खडा गरेपनि त्यसपछि नेपालले लगातार विकेट गुमायो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको योगफल तयार पारेको थियो। सिरिजको दोस्रो खेल भोलि शनिबार हुनेछ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com