चैत, २१ । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले गाउँपालिकाको निर्मणाधिन सभाहललार्इ थप बजेट व्यबस्थापन गर्न शहरी विकास मन्त्रीलाई आग्रह गर्नुभएको छ ।
शहरी विकास मन्त्रालयमा मन्त्री धनबहादुर बुढालाई भेट गरी अध्यक्ष बस्नेतले सोताङ गाउँपालिकाको निर्मणाधिन सभाहल लाइ थप बजेट व्यबस्था गर्न र थुलुङ दुधकोशी गाँउपालिकादेखि सोताङ हुँदै महाकुलुङ सम्मको सडकलाई ध्यचमि द्यबलप को स्थानिय पुर्वाधार बिकास आयोजना सहयोग अन्तर्गतको बजेटमा समेटिदिन पहल गर्नुभएको हो ।
यस्तै, अध्यक्ष बस्नेतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङसँग पनि भेट गर्नुभएको छ । सोही क्रममा मन्त्री तामाङलाई वडा नं १ को ऐतिहसिक तथा धार्मिक महत्व बोकेको पन्चकन्या कालिका देवीको मन्दिर निर्माण तथा संरक्षणको लागी गाउँसभाको निर्णय र डिपिआरसहित निबेदन बुझाउनु भएको छ ।
साथै भेटमा मन्त्रिले गाउँपालिकाका प्रस्तावित योजनाका सन्दर्भमा यथाशिघ्र पहल गरि बजेट व्यबस्थापन गर्ने विश्वास दिलाएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com