जेठ, ३ । राष्ट्रपति रामचन्द्र पौडेल र युवा उद्यमीहरुबीच छलफल भएको छ । आज बिहान राष्ट्रपतिको कार्यालय शितल निवासमा युवा उद्यमीहरुले सुरु गरेको अभियानबारे राष्ट्रपति पौडेललाई भेट गरि छलफल गरेका हुन् । भेटमा रञ्जित कर्णको नेतृत्वमा सुरु भएको “राजनीतिका लागि विकास, सुशासनका लागि उद्यमशीलता अभियान“ बारे राष्ट्रपति पौडेललाई जानकारी गराइएको थियो ।
पूर्वसभाषद् तथा काँग्रेसका नेता समेत रहनुभएका इन्जिनीयर कर्णले राजनीति गर्ने हरेक व्यक्ति उद्यमी बन्नुपर्छ भन्ने हेतुले अभियान नै सुरु गरिएको जानकारी गराउनुभयो । यो अभियानले देशमा शुशासन कायम गर्न सहयोग पुग्ने हुँदा हरेक राजनिती गर्ने व्यक्ति उद्यमी बन्न आवस्यक रहेको उहाँको भनाई छ । अभियानमा विभिन्न क्षेत्रका उद्यमीहरुको सहभागिता रहेको र सवै दलमा आवद्ध राजनीति गर्ने युवाहरुलाई जोडिदै जान नेता कर्णले आह्वान गर्नुभयो ।
यो अभियानमा राष्ट्रपति पौडेल सकारात्मक देखिनुभएको थियो भने उहाँले अभियान सफलताको शुभकामना दिनुभयो । राष्ट्रपतिसँगको छलफलमा विभिन्न क्षेत्र तथा ७ वटै प्रदेशलाई प्रतिनिधित्व गर्ने उद्यमीहरुको सहभागिता रहेको थियो । जसमा उद्यमी राजेन्द्र तिवारी, योगराज कडेल, खगेन्द्र आचार्य, डा. मन्दिप सुवेदी, अपिल केसी, बीनिता खड्कालगायत रहनुभएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com