जेठ, ४ । सोलुखुम्बुको सोताङमा एनटीसीको फाइबर नेट सञ्चालनमा आएको छ । सवै जडाको काम सकिएसँगै हिजोदेखि सोताङमा फाइबर नेट सञ्चालनमा आएको हो । नेट वितरणका लागि पूर्वाधार बन्ने काम भईरहेकाले गाउँपालिकाबासीमा भने केही दिपछि सेवा प्रवाह हुने गाउँपालिकाका सूचना प्रबिधि अधिकृत अरुण बस्नेतले जानकारी दिए ।
गाउँपालिकामा नेटको सहज सु्विधा नहुँदा प्रशासनिक तथा दैनिक क्रियाकलापमा समस्या हुँदै आएको थियो । तर अब पालिकाबासीले सहजै नेट चलाउन पाउने भएका गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले बताए ।
हिजो पालिका अध्यक्ष बस्नेतसहित सूचना प्रबिधि अधिकृत अरुण बस्नेत र नेपाल टेलिकम सोताङका प्रमुख कुमार बस्नेतले नेट जडानबारे निरिक्षण गरेका थिए । जडान कार्य सकिएकाले अब तिब्र गतिको इन्टरनेट सञ्चालनका लागि केही थोरै मात्रै पुर्वाधार बनाउन बाँकी रहेको निरिक्षणपछि सूचना प्रबिधि अधिकृत बस्नेतले बताए । उनका अनुसार अब सोताङमा तिब्र गतिको इन्टरनेट चल्नेछ ।
गाउँपालिकाले सवै वडाहरुमा फाइबर नेट पुर्याउने लक्ष्यसहित काम गरिरहेको र यसको क्षमता बढाउँदै लैजाने अध्यक्ष बस्नेतको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com