काठमाण्डौ, साउन ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् । बुधबार अनलाइन सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा महासचिव पोखरेलले एमालेको एउटा विभागको नामलाई लिएर गभर्नरमाथिको आक्रमण जायज नभएको बताए ।
एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी पनि रहेका छन् । उक्त नाम गभर्नर महाप्रसाद अधिकारीको हो भन्दै हालका सत्तारुढ दलका भ्रातृसंस्थाहरुले उनको राजीनामा माग गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गभर्नरले राजीनामा दिनुपर्ने बताइसकेका छन् ।
तर बुधबार एमाले महासचिव पोखरेलले भने, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com