काठमाण्डौ, साउन १० । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने बताएको छ । आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने बताएका छन् ।
यस्तै गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा मतपेटिका भएपनि आगामी निर्वाचनका लागि भने एउटा केन्द्रमा ४ वटा मतपेटिका चाहिने बताएका छन् ।
यस्तै, थपलियाले सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने दावी गरेका छन् । उनले अब बस्ने मन्त्रिपरिषद बैठकले सो मिति तोकेमा आश्चर्य नमान्न आग्रह गरेका हुन् ।
उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पुर्ण तयारीसहित मिति सिफारिस गरिसकेको जानकारी गराए । आयोगको परामर्शमा सरकारले मिति तय गर्ने कानुनी व्यवस्था अनुसार सरकारले मिति तोक्ने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com