काठमाण्डौ, साउन १० । खानेपानी र सरसफाइ आयोजनाका लागि सरकारले झन्डै १ अर्ब ३७ करोड अनुदान लिने निर्णय गरेको छ ।
सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ सस्टेनुबलवास फर अल आयोजनाका लागि युरोपियन युनियनबाट प्राप्त हुने १०.५ मिलियन युरो अर्थात् झन्डै एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । साउन ९ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताए ।
प्रवक्ता कार्कीले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि स्विट्जरल्यान्डबाट प्राप्त हुने स्विस फ्र्याङ्क ७.४७ मिलियन अर्थात् झन्डै ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com