काठमाण्डौ, साउन १२ । दुई दिने भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज साँझ नेपाल आउने भएका छन् ।
सैन्य कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने नेपाल सरकारले निर्णय गरेको एक महिना एक सातापछि अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
उनले उच्च राजनीतिक भेटघाटका लागि नेपाल आउन लागेका परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने जिम्मेवारीमा रहेका लु ले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
सरकारले एसपीपी अघि नबढाउने निर्णय गरे पनि अहिलेसम्म परराष्ट्रमन्त्रालयले त्यसबारे अमेरिकालाई पत्राचार गरिसकेको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com