काठमाण्डौ, साउन १२ । डा.बाबुराम भट्टराई समूहले नयाँ पार्टीको नाम नेपाल समाजवादी पाएको छ । भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा आज दर्ता भएको हो ।
निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो । समावेशी लोकतान्त्रिक पार्टी बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो ।
पार्टीको झन्डा र छाप पनि फेरिएको छ । चुनाव चिन्ह खुलेको एक आँखालाई नै निरन्तरता दिइएको छ । जसपा संघीय परिषदबाट हटेपछि बाबुराम नयाँ पार्टी गठनमा जुटेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com