काठमाण्डौ, साउन १३ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिले प्रतिबेदन संसदमा पेश गरेको छ ।
शुक्रबारको संसदमा बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका हुन् । समितिले आजै दिउँसो ३ बजे सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएको हो ।
यसअघि समितिले १७ दिन लगाएर छानबिन गरेको थियो । गएको जेठ १४ गते बजेट निर्माणका क्रममा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो ।
जसको समयावधि बिहीबार (हिजो) सकिएको थियो । शर्मा विरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन भने सकेन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com