साउन, २३ । आगामी मंसीरमा हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धनको कार्यदल संयोजकमा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला चयन भएका छन् ।
आज बसेको कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको हो । कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउनेछ । सत्ता गठबन्धनका पाँच दलले आगामी मंसीरमा हुने निर्वाचनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ । सरकारले मंसीर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरिसकेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com