काठमाडौं, ५ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन साउदी अरब प्रस्थान गरेका हुन ।
सो पार्टीका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आज अपरान्ह साउदी अरबतर्फ प्रस्थान गरेका लिङदेन नेतृत्वको टोलीमा केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीसमेत सहभागी रहेका छन ।
अध्यक्ष लिङ्देन भदौ ९ गते साउदी अरबबाट दुबईतर्फ प्रस्थान गर्नै र त्यहाँ रहदा दुवै देशका नेपाली संघ संस्थाका प्रतिनिधिसँग भेटघाट, अन्तरक्रिया कार्यक्रममा सहभागी हुने तथा राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसंग छलफल गर्नेछन ।
‘त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने एवं प्रवासी नेपाली समाजद्वारा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनु हुनेछ’ श्रेष्ठले भने । उनका अनुसार अध्यक्ष लिङदेन भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com