काठमाडौं, ८ भदौ । राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनाको एजेन्डामा फर्किएको छ । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमका वक्ताहरुले पार्टीले अब राजसंस्था पुनर्स्थापनाको एजेण्डालाई जोडदार अगाडि बढाउने बताइरहेका छन् ।
करिब डेढ वर्षअघि कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनको एजेन्डा छाडेको घोषणा गरेको थियो । तर, दुई दिन चलेकाो पार्टीको केन्द्रीय समिति बैठकले भने नेपालाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने र राजसंस्था पुनर्स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा अध्यक्ष कमल थापाले कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गरेका छन् । राप्रपा नेपालले गणतन्त्र र धर्मनिरपेक्षता खारेजी र हिन्दु राष्ट्र कायम, राजसंस्था पुनर्स्थापनाका लागि बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जाने भएको छ ।
घोषणा सभा चलिरहेको छ । विभिन्न वक्ताले बोलिरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com