काठमाडौं, ११ भदौ । सर्वाेच्च अदालतमा सोमबारबाट स्वचालित पेशी प्रणालीको सुरुआत गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गरेका छन् ।
उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । स्वचालित पेशी तारेख प्रणालीले कर्मचारीहरूमा उच्च मनोबलका साथ काम गर्ने उनको विश्वास छ ।
स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको जानकारी दिएका प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणालीलाई क्रमशः अन्य अदालतमा पनि लागु गरिने जानकारी दिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com