सोलुखुम्बु, साउन ११ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाबासीले अब गाउँमै बैंकिङ कारोबार गर्न पाएका छन् । गाउँपालिकाको वडा नं. ८ बुढिडाँडामा लक्ष्मि बैंकको शाखा रहित बैंकिङ सेवा सुरु भइसकेको छ । जसले गर्दा पालिकाबासीलाई कारोबार गर्न सहज भएको अध्यक्ष असिम राईले बताए । सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजै प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ ।
बृद्धबृद्धा तथा अपाङ्कता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्दा असहज हुने भएकाले स्थानीय सरकारले सहजीकरण गरिदिएको अध्यक्ष राईको भनाइ छ । यस्तै, जुबु र लोखिमलाई लक्षित गरि केहि दिनभित्रै सुकेपोखरीमा पनि यस्तै शाखा रहित सेवा सञ्चालन गरिने अध्यक्ष राईले बताए । अब स्थानीयबासीले सोही बैंकमा खाता खोल्न, सिमित रकम राख्न तथा पठाउँन एमव् झिक्न सक्नेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com