सोलुखुम्बु, साउन ११ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका भित्रको फोहोर व्यवस्थापनको लागि कार्ययोजना बनाउन समिति बनाइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को संयुक्त बैठकले १३ सदस्यीय फोहोर ब्यबस्थापन योजना तर्जुमा समिति बनाएको गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाले बताए ।
समितिको संयोजकमा लामाकाजी शेर्पा, सदस्य सचिव मोहनप्रसाद चापागाईं, सदस्यहरूमा ५ ओटै वडाका वडाध्यक्ष, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधि, एनएमएका प्रतिनिधि, टानका प्रतिनिधि, एसपीसीसीका प्रतिनिधि २ जना, पर्यटन विभागका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
समितिले गाउँपालिकाभित्र उत्पन्न हुने फोहोर तथा प्रदुषण न्युनीकरण र ब्यबस्थापनका लागि कार्ययोजना बनाउने गाउँपालिकाका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । सोही समितिले तयार गर्ने फोहोर ब्यबस्थापन योजनाको आधारमा फोहोर ब्यबस्थापन कार्य गर्ने पनि निर्णय भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com