सोलुखुम्बु, साउन १२ । सोलुखुम्बु जिल्लाको विकट क्षेत्र मानिने सोताङ र महाकुलुङ गाउँपालिकामा सञ्चार सेवालाई थप चुस्त बनाईने भएको छ ।
भौगोलिक विकटताकै कारण त्यहाँका नागरिकले सहज सञ्चार सेवा पाएका छैनन् । सोही समस्यालाई मध्यनजर गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य आङगेलु शेर्पा, नेता गणेश बस्नेत, वडा नम्बर ४ का अध्यक्ष दिप राई र पालिका प्रवक्ता बलुकुबिर नाछिरिङसहितको पहलमा प्रभावकारी सेवाका लागि टावर थप गरिने भएको छ ।
उनीहरुले आज सञ्चार मन्त्रीलाई समेत भेटेका छन् । त्यसलगत्तै मन्त्रीले टावर थप गर्ने र पूरानो टावर मर्मतका लागि आवस्यक काम अघि बढाउन सञ्चारसचिवलाई निर्देशन दिनुभएको नेता गणेश बस्नेतले बताए ।
नेता बस्नेतका अनुसार सोताङको वडा नम्बर ४ दिम्बोलमा टेलिकमको टावर बनाउने र वडा नम्बर १ र ३ को सिमानामा रहेको पुरानो टावरको क्षमता बढाउने गरि काम थाल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । सोताङमा बनेका यी दुईवटा टावरले महाकुलुङको केही भागलाई समेत समेट्ने नेता बस्नेतको भनाई छ । टावर बनाउने र क्षमता बढाउने प्रक्रिया सुरु भइसकेकाले अब छिट्टै त्यस क्षेत्रका नागरिक सञ्चार सेवाबाट बञ्चित हुनु नपर्ने काँग्रेस केन्द्रिय सदस्य शेर्पाको विश्वास छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com