सोलुखुम्बु, साउन १४ । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले नेलेदेखि महाकुलुङसम्मको सडक कालोपत्रेका लागि पहल थालेका छन् । भर्खरै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका अध्यक्ष बस्नेतले पहिलो प्राथमिकता सडकलाई दिएका हुन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटि थुलुङ दुधकोसी गाउँपालिकाको वडा नम्बर १ नेले बजारदेखि सोताङ गाउँपालिका हुँदै महाकुलुङ गाउँपालिकासम्मको सडकको कालोपत्रेका लागि माग निवेदन दिएका छन् ।
अध्यक्ष बस्नेतले प्रधानमन्त्रीलाई दिएको मागपत्रमा थुलुङदुधकोसी गाउँपालिकाको वडा नम्बर १ नेलेबजार, वडा नम्बर ७ र ८ दिप्लीघाट, सोताङ गाउँपालिका हुँदै महाकुलुङ गाउँपालिका जोड्ने सडकको कालोपत्रे योजना डिपिआर तयार गरि क्रमागत योजनाको रुपमा अघि बढाउन माग भनिएको छ । प्रधानमन्त्री देउवाले माग निवेदनका आधारमा आयोजनाको काम अघि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।
सोलुखुम्बुको विकट क्षेत्रमा पर्ने यो गाउँपालिकामा सडकको सहज पहुँच छैन । सडकलाई कालोपत्रे गरि बाह्रै महिना सडक सुचारु गर्ने आफ्नो उद्धेश्य रहेको अध्यक्ष बस्नेतको भनाई छ । हरेक वर्ष वर्षातको समयमा सोताङ र महाकुलुङबासीले सडकयात्रामा सास्ती खेप्दै आएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com