साउन २९ । सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिकामा अभिभावकबिहिन तीन बालबालिकाको संरक्षण गरिएको छ । स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस माप्य दुधकोसी गाउँपालिका ३ का वडा सभापति उजिर कार्कीको पहलमा गाउँपालिकाको वडा नम्बर ३ माझगाउँका अविभावकबिहिन एक बालक र दुई बालिकाको संरक्षण गरिएको हो ।
सानै उमेरमा आमाबाबु गुमाएका मनिसा नेपाली, हरि नेपाली र सुजता कार्कीलाई निःशुल्क खान, बस्न र पढ्नको लागि व्यवस्था मिलाइएको छ । तीनै जना बालबालिकालाई नेपाली काँग्रेस सोलुखुम्बु प्रदेश ‘ख’ का सभापति कर्मा शेर्पाले खान, बस्नसहित निःशुल्क पढाई दिने गरि सदरमुकाम सल्लेरीमा रहेको ह्वाइटहिल्स बोर्डिङ स्कूलमा व्यवस्था मिलाइदिएका हुन् ।
शिव नेपालीको मृृत्यु भएपछि वर्ष पाँचकी छोरी मनिसा र १२ वर्षका छोरो हरि नेपालीको विचल्ली भएको थियो । शिवकी श्रीमती शर्मिला नेपालीले २०७८ साल माघमा आत्महत्या गरेकी थिइन् । त्यसको एक महिनापछि शिवको पनि आज्ञात रोगका कारण मृत्यु भएको थियो । आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका ती बालबालिका ठूलीआमाको घरमा बस्दै आएका थिए ।
यस्तै, टिकाबहादुर कार्कीको गएको बैशाख महिनामा खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएको थियो । कार्कीको मृत्युपछि वर्ष ११ की छोरी सुजता कार्कीको विचल्ली भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com