काठमाण्डौ, साउन ५ । शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ८७ अङ्कले ओरालो लागेर दुई हजार ४४ दशमलव ७२ मा ओर्लिएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ८६ अङ्कले ओरालो लागेर ३ सय ९१ दशमलव ६४ मा ओर्लिएको छ । कूल २२५ कम्पनीको ३९ लाख आठ हजार ३९५ कित्ता शेयर रु एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ, भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बिहीबारको कारोबारपछि बजार पूँजीकरण २९ खर्ब १९ अर्ब ७४ करोड १२ लाख २० हजार ६७१ रुपैँया बराबर रहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com