काठमाण्डौ, साउन १० । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगिसकेको छ । तर, हत्या भएको चार वर्ष पुग्दासम्म पनि दोषी पत्ता लाग्न भने सकेको छैन ।
प्रहरीले अझै हत्याबारे अनुसन्धान भैरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको जनाएको छ ।
हत्याकाण्डको अनुसन्धानका अहिलेसम्म लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ । अहिले पनि त्यस क्षेत्रका १८÷१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ ।
२०७५ साल साउन १० गते उल्टाखामकी १३ वर्षकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । हत्या भएको भोलिपल्ट उखुबारीमा पन्तको शव भेटिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com