काठमाडौं, साउन १० । ‘पैसा नदिए एसिड हान्छु’ भन्दै प्र्याङ्क भिडियो बनाउने एकजना युट्युबर पक्राउ परेका छन् ।
प्रहरीले प्र्याङ्क भिडियोका नाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा ती युट्युबरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ’बदमास केटा’ नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाल रहेका छन् ।
उनले बाटोमा हिँडिरहेकी एक महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाएका थिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com