सोलुखुम्बु, साउन ११ । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुको कमिटि पुनर्गठन भएको छ । सञ्जालको मंगलबार भएको भेलाले अध्यक्षमा सुर्य कुमारी सुनुवार चयन गरेको हो । अध्यक्ष सुनुवार नेकपा एमालेबाट चयन भएकी हुन् ।
१२ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा नेपाली कांग्रेसबाट सानुमाया राजभण्डारी, सचिवमा नेकपा माओवादी केन्द्रबाट माया शेर्पा र कोषध्यक्षमा जनता समाजवादी पार्टी(जसपा) बाट आङ पेमा शेर्पालाई चयन गरिएको सदस्य टंकी माया बस्नेतले जानकारी दिइन् । सञ्जालले अन्यायमा परेका महिलाहरुको हक, अधिकारका निम्ति काम गर्दै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com