काठमाण्डौ, साउन १२ । नायिका मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ ।
उनीहरुविरुद्ध फूर्पा साङ्मो तामाङले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन् । फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मिरुनाले माफी माग्ने सवालमा बेवास्ता गरे भन्दै कानुन बमोजिम सजायको माग गर्दै मुद्दा दर्ता गराएका हुन् ।
गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रमोसनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन् । साथै उनले प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी दिएकी थिइन् । विरोध बढेपछि फूर्पालाई प्रहरी छाडेको थियो ।
जेठ १७ गते फिल्मका कलाकार, निर्देशक र लामागुरुहरु साक्षी राखेर दुवै पक्षबीच सहमति भएको जनाइएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com