काठमाडौँ, १५ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा पर्यटन व्यवसायी निलहरी बास्तोलाले उम्मेदवारी दिने तयारी गरेका छन् ।
आउँदो साउन ३० गतेका लागि तय गरिएको चुनावमा आफु अध्यक्षका लागि अब्बल रहेको बताउँदै बास्तोलाले टानको नेतृत्वको लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । टानको चुनाव नजिकिएसँगै नेतृत्व लिन व्यवसायी यतिबेला चुनावी दौडमा छन् ।
टान अध्यक्षका प्रत्यासी निलहरि बाँस्तोलाले नेतृत्वका लागि व्यवसायिक छलफल र प्रचार प्रचार प्रसारसँगै अघि बढाएका छन् । टान नेतृत्वका प्रत्यासीमध्ये हरेक हिसाबले अब्बल रहेका बास्तोलाले टान नेतृत्वमा पुगे टानको संस्थागत सुदृढिकरण र सेवा प्रभावकारिता एवम् व्यवसायिक साझेदारितालाई समन्वयकासाथ अघि बढाउने योजना रहेका बताएका छनु ।
व्यवसायी बास्तोलाले आफुले नेतृत्व गर्ने अवसर पाए पर्यटन व्यवसायलाई अहिलेको डिजिटल युग सुहाउँदो समयसापेक्ष बजारीकरण गरेर पर्यटन व्यवसाको प्रवद्र्धनमा जुट्ने बताए । कोभिड महामारीपछिको पर्यटन पुनरुत्थानका लागि पनि काम गर्ने उनको भनाई छ ।
सन् २००२ देखि टानमा आवद्ध भएका बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् । व्यवसायी बाँस्तोलाको एशियन हेरिटेज गुप्र अफ कम्पनी अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, भेहिकल, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । यस्तै, उहाँले एसियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आउनुभएको छ । विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्णरुपमा लागेका बाँस्तोलाले सन् २००२ मा टानको साधारण सदस्य लिएका थिए । सोलुखुम्बु निवासी बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरिसकेका छन् ।
एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाका समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आएका बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवं सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्ष निर्वाचित भएका थिए ।
आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४३ औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा प्रत्याशीले उम्मेदवारी घोषणा गरेर माहोल आफ्नो पक्षमा पार्न व्यावसायिक दौडधूप र छलफललाई तीव्रता दिएका छन् । टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com