काठमाण्डौ, साउन १६ । काठमाडौंको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन । शवको प्रकृति हेर्दा राति नै घटना भएको जस्तो देखिने प्रहरीको भनाइ छ । घरको कोठाभित्र श्रीमती भूइँमा र छोराछोरी खाटमा मृत फेला परेका थिए । यस्तै श्रीमान पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।
घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ पनि भेटिएको छ । त्यसमा के लेखिएको छ भन्नेबारे प्रहरीले खुलाएको छैन । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भने दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकास्थित आश्राङ घर भएका उनीहरुको पदमसालमा एक तले घर थियो भने घर नजिकै चोकमा फेन्सी पसल रहेको थियो । स्थानीयवासीका अनुसार श्रीमान–श्रीमतीबीच पहिलेदेखि नै झगडा हुने गरेको थियो । विवादकै क्रममा श्रीमानले घर बेच्न खोजेपछि विवाद उग्र बनेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com