काठमाण्डौ, साउन १७ । नेपालको पर्यटन व्यवसायमा केही नीतिगत सुधारको आवस्यकता रहेको पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताएका छन् । नजिकिदै गएको ट्रेकिङ एजेन्सिज एसोसिएसन टानको चुनावमा अध्यक्षका प्रत्यासी बास्तोलाले कोरोना महामारीमा थलिएको पर्यटन व्यवसायलाई माथि उकास्न नीतिगत सुधार गर्न आवस्यक रहेको बताएका हुन् । पर्यटन व्यवसायमा व्यवसायीक आवस्यकता र योजनागत सुधारको लागि टानको अध्यक्षमा आफ्नो दावी रहेको व्यवसायी बास्तोलाको भनाई छ ।
कोरोना महामारीले थलिएको पर्यटन व्यवसायलाई माथि उकास्नु ठूलो चुनौति रहेकाले त्यसको लागि टानको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘मैले व्यवसायमा नीतिगत र योजनागत सुधारहरुका विषयमा बुझेको छु, ती कार्यहरुलाई पूर्णता दिन स्वयं नेतृत्वमा रहनुपर्ने भएकाले यो पटक टानको नेतृत्व आफुले गर्न चाहेको छु ।’
सन् २००२ देखि टानमा आवद्ध भएका बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् । व्यवसायी बाँस्तोलाको एशियन हेरिटेज गुप्र अफ कम्पनी अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, भेहिकल, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । यस्तै, उहाँले एसियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com