काठमाण्डौ, साउन १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उपसचिव प्रमोद नेपाल रहेका छन् । नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
उनले पर्यटन व्यवसायको दर्ताका लागि भन्दै ६ लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com