काठमाण्डौ, साउन २० । पछिल्लो २४ घण्टामा थप नौ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।
६ हजार ४ सय ९१ जनामा गरिएको नमूना परीक्षणमा ९ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३ सय ७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार ७६० जना सक्रिय संक्रमित रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com