साउन २२ । पर्यटन व्यवसायी निलहरी बास्तोलाले ट्रेकिङ एजेन्सीज एसोसिएसन (टान)को नेतृत्वमा पुगे संस्थागत सुधार गर्ने बताएका छन् । आउँदो साउन ३० गते हुने टानको चुनावमा अध्यक्षका प्रत्यासी बास्तोलाले क्यालेन्टर बनाएर संस्थागत सुधारको काम गरिने बताएका हुन् । व्यवसायीले चाहेकाबेला एकै थलोबाट आवश्यक किताव, फोटो, भिडियोलगायत सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले टानमा इ–लाइबेरी स्थापना गर्ने योजना रहेको बताए । ‘हिजोका अग्रजले प्रयास गर्नुभयो तर, आजको आवश्यकता अनुसार कुन देशबाट कति पर्यटक भित्राउने त्यो भिजनका साथ अघि बढ्नुपर्छ, त्यो भिजन मसँग छ जस्तो लाग्छ ।’
व्यवसायी बास्तोलाले विदेशी पर्यटक नेपाल भित्रिने सबै मुलुकमा बढीभन्दा बढी विदेशीलाई आकर्षण गर्न योजनाबद्ध कार्यक्रम लैजानुपर्नेमा जोड दिए । उहाँले भने,‘ विदेशी पर्यटक नेपाल भित्रने कुन देशमा कस्तो बजारीकरण आवश्यक छ, सोहीअनुसार बजारीकरण गर्नका लागि व्यवसायीसँग छलफल गरेर कार्यक्रम कार्यान्वयन गरिनुपर्छ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com