साउन २५ । सोलुखुम्बुको जिल्ला अस्पतालमा सुविधासम्पन्न भवन बनेको छ । सोही भवनको आज जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौला र सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले उद्घाटन गरे ।
भवन उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले अस्पतालको क्षमता बृद्धि र व्यवस्थापनमा आफुले सक्दो पहल गर्ने बताए । त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले नगरपालिकाको पहलमा जिल्ला अस्पतालको भौतिक संरचना बनाइएकाले अब सेवालाई पनि चुस्त बनाउन आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गर्ने बताए ।
झण्डै २२ करोडको लागतमा विकोई रौता जेभिले भवनको निर्माण गरेको हो । सानो भवन र सिमित स्रोत साधनबाट चलिरहेको अस्पताललाई सेवा प्रवाहमा सहज भएको छ । अस्पतालले अब छिट्टै नयाँ भवनबाट सेवा शुरु गर्ने जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com