असोज, २४ । कालिकोटमा राँचुलीको पहिरोमा परि मलामी गएका १३ जनाको मृत्यु भएको छ । तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जनाको पहिरोमा परी मृत्यु भएको हो ।
मलामी गएकामध्ये वडा नम्बर ४ राँचुलीका वडाध्यक्ष पर बहादुर शाही पनि पहिरोमा परी वेपत्ता भएका छन् । स्थानीय युवा हेमराज शाहीको शनिवार मृत्यु भएपछि आइतबार करिब ७० जना तिला नदीको घाटमा मलामी गएका थिए । घाटमा पुगेकामध्ये १३ जनालाई भने पहिरोले पुरेको हो । उनीहरु पहिरोमा परेका अरु मलामीले देखेका थिए ।
राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि गाउँ नै खाली गराइएको छ । अझै ठूलो पहिरोको जोखिम बढेको कारण राँचुली गाउँ खाली गराएर २०४ घरका बासिन्दालाई स्थानीय कालिका माविको प्राङ्गणमा सेल्टर दिएर राखिएको छ । अहिले त्यहाँ उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com