शान्ती बस्नेत ।
सुन्दा कथा जस्तो लाग्ने त्यही एक कर्मठ नारी । जुन नारी आफ्नो नाम सपना र कर्म पनि सपना जस्तै लाग्ने गरी कर्मशील हुने गर्दछे । सपना नामक एक नारी पात्र उ आफ्ना सपना पुरा गर्न र आफ्ना भनेर सम्बोधन गरी आफूलाई भित्रभित्रै गिराउन तत्पर परेका केहि आफन्तको नामले परिचित व्यक्तिहरुकै लागि उ कैयौं रातहरु सपनामा नै बिताउने गर्थि ।
हरेक असहज परिस्थितिहरुलाई पनि कर्मले सहज बनाउन सकिन्छ भन्ने उ एक नारी “सपना” साच्चै माइतिघरको आगनिमा विस्तारै हुर्किन थालिन् । सानै उमेरदेखि निडर स्वाभाव अनि पढाइलेखाइमा पनि अब्बल थिइन् । हुर्किदो उमेरसँगै उनमा पराइको आखाँ लाग्न थाले, त्यस लगतै आफ्नै नातागोता कुलखान्दानका राम्रै कुटुम्वाले हेरे र उनले पनि सहजै स्वीकार गरिन्, हुनत छोरी मान्छेका लागि आफ्नो खुशीमा भन्दा पनि आफ्ना बाबुआमा र आफन्तको खुसी भन्दा पर के नै हुने रहेछ र ? समयले कोल्टो फेर्यो, सपनाको विहेको पक्कापक्की भयो र विहे पनि सकियो ।
समय भन्दा वलवान के नै हुँदो रहेछ र ? हिजोसम्म माईतीको आगनीमा सहजै विभिन्न सभासम्मेलनमा हिड्ने सपना आज पराईको जस्केलाबाट बाहिर हिड्न, बोल्न पनि परिवारसँग सोधेर मात्रै निस्कनु पर्ने बाध्यकारी परिस्थिति सपनाको जिन्दगीमा आईलाग्यो । र सपनाका सपनाहरु बिस्तारै विलाउन थाले । हरेक परिस्थितिमा उ आफूलाई अब्बल ठान्ने गर्दथिन् तर, विहे पछिको जिन्दगीमा सोच्नै नसकिने किसिमको आँधिवेरी आउन थाल्यो । तर सपनाको मन भने कहिल्यै मरेन, किनकी उ सधैं कर्ममा विश्वास गर्थि । उ परिवारको हरेक परिस्थितिसँग जुधेर पनि आफ्ना सपनाहरुलाई विस्तारै विस्तारै जोड्न तर्फ लागि परिरहि । एउटी नारी भएपछि समाजका हरेक परिस्थितिसँगै लडेर नै आफ्नो र समाज रुपान्तरण गर्न सक्नुपर्छ भन्ने मनमा अठोट लिएर अगाडी वढेकी सपनाको आज सपनाहरु जोडिदैंछन् ।
समाजमा नारीभएर वाच्न एकदमै गार्हो विषय हो यहाँ अशिक्षित भन्दा पनि शिक्षित परिवारका छोरीहरु पिल्सिरहेका छन् । सक्षम पुरुषबाट सक्षम महिलालाई आफ्नो हत्केलामा राखि कैंदी बन्दी जस्तै आफ्नै घरलाई कारागार बनाएर राखेका प्रशस्त उदाहरणहरु पाईन्छ, घर परिवार भनेर आफ्नो ईच्छा नै मारेर बस्नु भनेको पनि ज्यूँदै मर्नु सो सरह हो । गलत कार्यमा लाग्नुहुन्न आफू गलत नभएपछि आफ्नो कार्य गर्न पछि नि हट्नुहुन्न्, यस्को उदाहरण हुन सपना । सपनाले आफना कैंयौ रातदिन सपनामै विताए पनि उ अहिले आफना सपना पुरा गर्न तत्पर भईरहेकी छिन् ।
सपनाले चालेका हरेक पाईलाहरुमा प्रश्न चिन्हहरु खडा हुन्थे । कहिलेकाहि राती अवेर घर आईपुगिन भने पनि उ माथी परिवारले नराम्रो नजरले हेर्थे । कहिलेकाँही कोहीसँगै बाइक वा गाडीमा देखे उसैसँग नाम जोडिदिन्थे । उनीमाथि यस्ता कयौँ प्रश्नहरु आउँथे । जुन समय सपनाको साथमा संघर्ष र आत्माविश्वास मात्रै साथी थियो । अरु त सबै यस्ले के नै गर्न सक्छे र यस्को काम छैन अब, यस्ताँ कुराहरु त सपनाको जिन्दगिमा सपनामा झैं कति बज्रेबज्रे नि भनेर साध्य नै छैन्, जुन विभिन्न वचनले घोचेका दिनहरु सम्झदा त सपनाका शरीरमा क्रोध हैन, ति वचन नै तागत वनेर आयो । र आज सपना आफ्ना सपनाका किनारमा उभिएकी छिन् ।
हिजो संघर्षमा सपनाकै कुरा काटनेहरु आज सपनाकै सामिप्यमा आइ सपना मलाई पनि तिम्रो जस्तै सपना साकार वनाउन सहयोग मागिरहँदा आज सपनाको सपना पुरा भएको सहसशुस गर्न सक्छे । किनकि, यहाँ सपना जस्तै कैयौं नारीहरु हुनुहुन्छ जो सपनाका जस्तै सपनालाई साकार बनाउँन चाहन्छन् । आफुले परश्रमलाई सँधै साथी बनाउन सकियो भने एक दिन सबैको उदाहरणीय व्यक्ति वन्न सकिनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com