नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।
पक्राउ परेका कुर्मी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए ।
राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए । “निज व्यक्तिले ६ नम्बर वडा कार्यालयबाट बनाएको जन्मदर्ता, नागरिकता सिफारिस तथा इलाका प्रशासन कार्यालय सेमरीबाट पठाइएको स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र नियन्त्रणमा लिएको छ”, उनले भने ।
पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकतासम्बन्धी कसुर उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com