लमजुङ। स्वर्गीय भूगोलविद् डा. हर्क गुरुङलाई जन्मथलोमा ताङलीचोकका स्थानीयले सम्झिएका छन् । डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानद्वारा उनको जन्मथलो मर्स्याङ्दी गाउँपालिका– ७ ताङ्लीचोकमा गुरुङको १७औँ स्मृति दिवसको अवसरमा स्थानीयले डा. गुरुङको समाधिस्थलमा माल्यार्पण गरेर सम्झिएका हुन् ।
डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङका अनुसार भूगोलविद् डा. हर्क गुरुङको १७औँ वार्षिकी तथा स्मृति दिवसमा औपचारिक कार्यक्रम गरेर श्रद्धाञ्जली अर्पण गरिएको हो । उनका अनुसार डा. हर्क गुरुङको समाधिस्थल वरपर ३० रोपनी जग्गाको व्यवस्थापन गरेर आवश्यक भौतिक संरचना निर्माण थालिएको छ ।
वि.सं. १९९५ साल पुस २१ गते (सन् १९३९ जनवरी ५) का दिन बाबु पारसै गुरुङ र आमा मैस्योको कोखबाट जन्मेका डा. हर्क बहुमुखी प्रतिभाका धनी व्यक्ति थिए । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परी ७ असोज ०६३ सालमा उनको मृत्यु भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com